३० भदौ २०८३, मंगलबार | September 15, 2026

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।

बैठकमा समूहका शीर्ष नेता, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।

नेताहरूका अनुसार बैठक बिहान ११ बजे धुम्बाराहीस्थित होटल स्मार्टमा बस्नेछ । यसअघि वैशाख ६ गते यही स्थानमा आयोजित भेलाले ‘पर्ख र हेर’ को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट रहँदै आएका छन् । उनले उक्त महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्च अदालतले रिट खारेज गर्दै थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको थियो ।

त्यसपछि पनि खड्काले आफ्ना समर्थक नेताहरूसँग निरन्तर बैठक र छलफल जारी राख्दै आएका छन् । उनको गतिविधिलाई संस्थापन पक्षले अनुशासनविपरीत भन्दै स्पष्टीकरण सोधेको थियो, तर खड्काले त्यसको जवाफ नदिएको जनाइएको छ ।

यसैबीच, सभापति गगन थापा वैशाख ६ गते गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए । दुई नेताबीच भएको उक्त भेटवार्ताबारे भने हालसम्म सार्वजनिक रूपमा कुनै विवरण बाहिर आएको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : २२ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि