३ भदौ २०८३, बुधबार | August 19, 2026

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा



नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलबाट निःशुल्क ‘सटल बस सेवा’ सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म यात्रुलाई ओसारपसार गर्न आज बिहानदेखि सटल बस सेवा सुरु गरिएको हो ।

उक्त बसले विमानस्थलमा आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने जनाइएको छ । सटल बस सेवा भनेको छोटो दूरीमा निश्चित स्थानबीच बारम्बार आवतजावत गर्ने बस सेवा हो ।

सेवा सुरु भएको पहिलो दिनमै काठमाडौँबाट आएका बुद्ध एयरका यात्रुलाई सटल बसमार्फत राँझा चोकसम्म पुर्‍याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यस सेवाले यात्रुलाई सहज, सुरक्षित तथा व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने विश्वास गरिएको विमानस्थल कार्यालयले जनाएको छ । यसअघि विमानबाट आउने सवारीबाट स्थानीय अटो र अटो रिक्सा सञ्चालकहरुले आफुखुसी भाडा असुल्ने गरेका थिए । उनीहरुले मौकाको फाइदा उठाउँदै प्रति सवारी ५ किलोमिटर दुरीको ४ सय देखि १ हजार सम्म असुल्ने गरेका थिए ।

यसैबीच आजदेखि अत्याधुनिक नयाँ टर्मिनल भवन पनि सञ्चालनमा आएको छ । आजबाट काठमाडौंबाट आउने यात्रुलाई नयाँ टर्मिनल भवनबाट बाहिर ल्याइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : ४६ बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल