३१ भदौ २०८३, बुधबार | September 17, 2026

देशभर वर्षा, चट्याङ र हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशभर मौसम बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बाक्लो बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यसका साथै तराई क्षेत्रका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा समेत मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ७ : २२ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै