३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका क्षेत्रमा हावाहुरीको जोखिम उच्च रहेको जनाइएको छ ।

मंगलबार जारी सूचनाअनुसार हावाहुरी साँझ करिब ५ः४५ बजेबाट सुरु भई भोलि बिहान करिब ७ः४५ बजेसम्म कायम रहने अनुमान गरिएको छ । पश्चिमबाट पूर्वतर्फ सर्दै जाने मौसम प्रणालीका कारण मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना देशका धेरै स्थानमा रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।

राति पनि कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा अधिकांश बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागले जनाएको छ ।

विभागले हावाहुरी, चट्याङ र वर्षाबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ८ : ३३ बजे

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा