१६ बैशाख २०८३, बुधबार | April 30, 2026

राजधानी सार्ने सरकारी निर्णय बिरुद्ध रुपन्देहीका पेशागत सञ्जालले ग-यो आन्दोलनको घोषणा



बुटवल । प्रदेश सरकारले प्रदेशको राजधानी बुटवलबाट दाङ् सार्ने प्रदेश सभामा प्रस्ताव दर्ता गरेपछि अस्थायी राजधानी रहेको रुपन्देही जिल्लामा एक पछि अर्को संस्थाहरु आन्दोलित बनेका छन् ।

प्रदेश सरकारको उक्त निर्णय सच्याउन र प्रदेश सभामा दर्ता भएको उक्त प्रस्ताव फिर्ता गर्नकालागि व्यबसायिक संघसंस्थाहरुले आग्रह गरेका छन् ।

शनिबार बसेको पेशागत संघसंस्थाहरुको बैठकले प्रदेश सरकारलाई निर्णय सच्याउन दवाब दिने उद्देश्यले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेको छ ।

बुटवल उद्योग बाणिज्य संघमा बसेको पेशागत सञ्जालको बैठकले दवाव सिर्जना गर्नकालागि संघर्ष समिति समेत गठन गरेको छ । बैठकले बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको छ ।

संघर्ष समितिको सदस्यहरुमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, मणिमुकुन्द उद्यान समितिका अध्यक्ष खेमप्रसाद लुईटेल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेल, औषधि व्यबसायी महासंघका बाबुराम भट्टराई, होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी, नेपाल उद्योग व्यापार संगठनका नारायण भण्डारी र कोषबहादुर गुरुङ रहेका छन् ।

बैठकमा सहभागि ब्यवसायीहरुले अखण्ड प्रदेश ५ को आन्दोलन जस्तै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रदेशको राजधानीको चनावी मुद्दा बनाएर मत हासिल गरेका सभासदहरुलाई आन्दोलनमा सहभागि हुन आह्वान समेत गरेका थिए ।

यो स्वाभिमानको आन्दोलन हो, दलगत चिन्तनबाट माथि उठेर रुपन्देहीको स्वाभिमान उठाउन सबै दलहरु आन्दोलनमा आउनु पर्छ । पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले भने । बैठकले भोली आईतबार बिहान बुटवलमा बिरोध ¥याली प्रदर्शन गर्ने तथा दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै गरी स१जालले सोमबार प्रदेश सभा घेराउ गर्ने कार्यक्रम राखेको छ ।

प्रदेशसभाको बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अंगाडी प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले जानकारी दिए ।

त्यस्तै सोमबार नै प्रदेश पाँचमा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न सञ्जालले आह्वान गरेको छ । त्यस्तै सञ्जालले आह्वान गरेका बिरोधका कार्यक्रममा साथ सहयोग गर्नका लागि समेत उद्योगी व्यबसायी तथा आम सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ५२ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात