१६ बैशाख २०८३, बुधबार | April 29, 2026

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’



काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि देखिएको छ।

रास्वपा नेता एवं सांसद गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको अध्यादेश प्रक्रियामाथि प्रश्न उठाउँदै असन्तोष व्यक्त गरेका छन्।

कार्कीले आफ्नो स्टाटसमार्फत अध्यादेशबारे आफ्नो धारणा माग्दै सन्देश पठाउने र सार्वजनिक रूपमा प्रश्न गर्नेहरूलाई धन्यवाद दिँदै विधि र जवाफदेहिताको अपेक्षा लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको बताएका छन्।

उनले झन्डै दुईतिहाइ बहुमत भएको दलले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाएका छन्।
“झन्डै दुईतिहाइ ल्याएको पार्टीका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला, तर यो बहादुरी भने होइन,” उनले फेसबुकमा लेखेका छन्।

कार्कीले अध्यादेश संविधानले दिएको अधिकारभित्रै आउने भए पनि यसपटकको सिफारिस संविधानको “अक्षर” मा आधारित भएको तर “मर्म” अनुरूप नभएको टिप्पणी गरेका छन्।

“संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो। संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस्,” उनले लेखेका छन्।

उनले विपक्षमा रहँदा यस्तै अवस्थामा अध्यादेश ल्याइँदा आफूले उठाएका प्रश्नहरू अहिले पनि कायम रहेको उल्लेख गरेका छन्।

सत्तारुढ दलकै सांसदबाट सार्वजनिक रूपमा यस्तो असन्तुष्टि आएपछि सरकारले ल्याएको अध्यादेशबारे थप राजनीतिक बहस सुरु हुने संकेत देखिएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १० : ०९ बजे

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने