१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो



काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि बढेको छ

। यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने यातायात र ढुवानीमा पाँच पाँच प्रतिशतका दरले वृद्धि गर्ने निर्णय गरेको हो ।

विभागले बुधबार एक सूचना जारी गर्दै अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको जनाएको हो। विभागका अनुसार बढेको भाडादर आज बुधबारदेखि नै लागू हुनेछ।

सूचनाअनुसार नेपाल आयल निगमले डिजेलको मूल्य बढाएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार नयाँ भाडादर निर्धारण गरिएको जनाइएको छ। विभागले पछिल्लो पटक समायोजन गर्दा कायम रहेको डिजेलको मूल्यको तुलनामा अहिले उल्लेख्य वृद्धि भएकाले भाडा समायोजन गर्नुपरेको जनाएको छ।

नयाँ निर्णयअनुसार यात्रुवाहक सार्वजनिक सवारीको भाडा ५ प्रतिशतले वृद्धि गरिएको छ। पहाडी रुटमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, तराई रुटमा सञ्चालन हुने मालवाहक सवारीको भाडा पनि ५ प्रतिशतले वृद्धि गरिएको छ।

विभागले स्वचालित प्रणालीअनुसार इन्धनको मूल्यमा भएको परिवर्तनका आधारमा भाडा समायोजन गरिएको जिकिर गरेको छ ।

यसअघि चैत २५ गते भाडा समायोजन गरिएको थियो।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ०५ बजे

रुपन्देहीमा माइक्रो बस र ईभी माइक्रो ठोक्कीए, २ जनाको मृत्यु

बुटवल। रुपन्देहीको देवदहमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

४ बुँदे माग सहित भेरी अस्पतालका चिकित्सक काममा फर्कन थाले

नेपालगन्ज । चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखलाई

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको धानखोला-लमही सडक स्तरोन्नति सुरु

दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार