१६ बैशाख २०८३, बुधबार | April 29, 2026

खजुराको पालिका गानमा ४ जना रचनाकारको नाम राखेपछि पालिका गान विवादमा



खजुरा । जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिन १ वर्ष बाँकी रहँदा सार्वजनिक भएको बाँके खजुरा गाँउपालिकाको पालिका गान विवादमा परेको छ । मुल रचनाकारको नाममा थप ३ जना रचनाकारको नाम थप भएर पालिका गान सार्वजनिक भएपछि सो पालिका गान विवादमा परेको हो ।

आफ्नो रचनामा संगीत भरेर सार्वजनिक गर्नेक्रममा थप ३ जना रचनाकारहरुको नाम थपेर आफ्नौ बौद्धिक सम्पत्तिमा अन्याय भएको भन्दै साहित्यकार बोधराज प्याकुरेलले खजुरा गाँउपालिकामा निवेदन दिएका छन् । प्याकुरेलले खजुरा गाँउपालिकाले गठन गरेको खजुरा प्रज्ञा प्रतिस्ठानले पालिका गानका लागि रचना आह्वान गरेकोमा आफ्नो रचना छनौटमा परेको र त्यसलाई संगीत सृजना गर्ने क्रममा गरिएको सम्पादनलाई प्रज्ञा प्रतिस्ठानका पदाधिकारीले आफुहरु समेत रचनाकार उल्लेख गरेर गान सार्वजनिक गरेको आरोप लगाए ।

उनले आफु समेत संलग्न रहेर मुल रचनालाई सम्पादन गरिएको तर सार्वजनिक गर्ने बेला ४ जना रचनाकारको नाम राखेर सार्वजनिक गरिएको बताए । उनले आफुले न्यायका लागि पालिकामा निवेदन दिएको जानकारी दिए ।

सार्वजनिक भएको पालिका गानमा रचनाकारमा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी, प्राज्ञ सदस्य मणिरत्न र ईश्वरी रिजालको नाम रहेको छ ।

पालिका गानको रचना सम्बन्धमा निवेदन प्राप्त भएको खजुरा गाँउपालिकाका प्रमुख प्रशासकीय प्रमुख दीलबहादुर पौडेलले बताए । उनले प्रज्ञा प्रतिष्ठान शिक्षा शाखा अन्तर्गत रहने भएका कारण शिक्षा शाखालाई विवादका विषयमा स्पष्ट पार्न निर्देशन दिएको जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ३ : १२ बजे

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

रातमा बस्नेगरी सगरमाथा आधार शिविरको ‘प्याकेज’ बेचे कारबाही

काठमाडौं । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी