२० बैशाख २०८१, बिहिबार | May 2, 2024

गुल्मीको रेसुङ्गा नगरपालिका र बेलायतको हकिन्ज नगर परिषदबीच भगिनी सम्बन्ध स्थापना



लण्डन । बेलायतको हकिन्ज नगर परिषद् र नेपालको गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि सम्झौता भएको छ ।

शुक्रबार हकिन्जमा सम्पन्न एक समारोहमा सम्झौता भएको हो । उक्त समारोहमा बोल्दै हकिन्ज नगर परिषद्का प्रमुख फिलीप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए ।

उनले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।

समारोहमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले २०० वर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपाल–बेलायतको सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरे ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै राजदूत डा सुवेदीले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुङ्गाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिए ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्वप्रमुख ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोरखा सैनिकहरुको योगदानको कदर गर्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताए ।

समारोहमा हकिन्जको चर्चिल स्कूल तथा रेसुङ्गाको शिद्धबाबा माध्यमिक विद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसमेत सहमति भएको थियो ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का प्रमुख, निवर्तमान प्रमुख तथा हकिन्ज नगर परिषद्का काउन्सिलरहरु, संयुक्त अधिराज्यका लागि महामहिम नेपाली राजदूत एवं नेपाली राजदूतावासका उपनियोग प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ०१ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य