१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको शालिक अनावरण



नेपालगन्ज । नेपाल मै पहिलो पटक नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको स्मरणमा सहिदहरुको सालिक अनावरण गरिएको छ । जेनजी आन्दोलनका क्रममा काठमाडौंमा सहिद भएका नेपालगन्जका २ जना सहिदहरुको अर्धकदको शालिक आज अनावरण गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को पहलमा भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा सहादत प्राप्त गरेका नेपालगन्ज-१ धम्बोझीका दुई जना सहिद ई. सुलभराज श्रेष्ठ र आयुष थापाको अर्धकदको शालिक निर्माण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको हाताभित्र स्वर्गीय श्रेष्ठ र थापाको अर्धकदको शालिक निर्माण भएको छ ।

आज एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल तथा सहिदद्वयका आमाबुवाले संयुक्तरुपमा शालिकको अनावरण गरे । वडा अध्यक्ष रिजालका अनुसार वडा कार्यालयकै सहयोगमा सहिदद्वयको स्मृतिमा योग तथा खोप केन्द्र भवन र ओपन जिम पार्क निर्माण गरेको छ ।

नगर प्रमुख विष्टले आजै भवन र पार्कको उद्घाटन गरे । अनावरण तथा उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले सहिदलाई साक्षी राख्दै जनआकांक्षा र नागरिक हितमा काम गर्न सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । वडा अध्यक्ष रिजालले वडा नम्बर १ लाई खेलकुदको हब बनाउन वडा सरकार पर्यत्नरत रहेको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : १८ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)