२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शनिबार बिहान शीतल निवास पुगेर भएको उक्त भेटवार्ता करिब एक घण्टा चलेको थियो। भेटमा समसामयिक राजनीतिक विषयमा संवाद हुनुका साथै अध्यादेश सम्बन्धी विषय प्रमुख रूपमा उठाइएको आङ्देम्बेको सचिवालयले जनाएको छ।

भेटका क्रममा आङ्देम्बेले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै त्यसप्रति विपक्षी दलहरूको असहमति राष्ट्रपतिलाई जानकारी गराएका थिए। सरकारले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा समेत अध्यादेशको बाटो रोजेको भन्दै विपक्षीहरूले आपत्ति जनाउँदै आएका छन्।

सरकारले विभिन्न अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमध्ये तीनवटा अध्यादेश जारी भइसकेका छन्। विपक्षी दलहरूले भने यस्ता अध्यादेशहरू फिर्ता लिन आग्रह गर्दै निरन्तर विरोध गरिरहेका छन्।

आङ्देम्बेले विपक्षी दलहरूको साझा धारणा प्रस्तुत गर्दै अध्यादेश जारी नगर्न र संसदीय प्रक्रियालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १ : ३० बजे

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग