३१ भदौ २०८३, बुधबार | September 16, 2026

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम



काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै ओमानका लागि नेपालका राजदूत डोरनाथ अर्यालले बुद्ध जयन्तीको महत्व र भगवान् बुद्धका शिक्षाबारे प्रकाश पार्दै श्रम सचेतनाको आवश्यकता तथा नेपाल–ओमानबीच व्यापार, निर्यात र लगानीका सम्भावनाको खोजीमा जोड दिनुभएको उक्त दूतावासले जनाएको छ ।

राजदूत अर्यालले आर्थिक कूटनीति प्रवद्र्धन, निर्यात र लगानीका अवसर पहिचान तथा नेपाली श्रमिकको हित संरक्षणमा दूतावासले गरिरहेका प्रयासका साथै नेपालमा व्यापार, निर्यात र लगानीका सम्भावना, नेपालको आर्थिक हित प्रवद्र्धनमा आमानस्थित नेपाली समुदायको भूमिकाबारे मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्यात तथा लगानी प्रवद्र्धन, श्रम सचेतना तथा बुद्ध जयन्ती र श्रमिक दिवसका सन्दर्भमा छलफल भएको थियो । त्यस अवसरमा नेपाली सामाजिक क्लबका प्रतिनिधि, विज्ञ समूहका सदस्य, नेपाली व्यवसायी, उद्धार टोलीका सदस्य तथा समुदायका अन्य सदस्य गरी ७८ जनाको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : ३३ बजे

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन