२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न



बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजार प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुटवल उपमहानगरपालिकाभित्रका मासु व्यवसायीलाई लक्षित गरी सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् । उनले मासुमा हुने मिसावटलाई पूर्ण रूपमा नियन्त्रण गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिइन् ।

मासुजन्य खाद्य पदार्थको स्वच्छता सुनिश्चित गर्न उपभोक्ता र व्यवसायी दुवै जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले स्वस्थ बजार निर्माणमा सहकार्य आवश्यक रहेको बताइन् ।

कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले खाद्य पदार्थमा हुने मिसावटले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै यसप्रति सजगता अपनाउन आग्रह गरे । साथै, मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापा, मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषि आजाद र उपमहानगरपालिकाका अनुगमन अधिकृत लक्ष्मी अर्याललगायतले आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा डा. भागिरथ पुरी लगायतका सरोकारवालाले व्यवसायीलाई सहजीकरण गरेका थिए । मञ्चका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता, कार्यक्रम संयोजक सारदा पौडेलको स्वागत तथा कोषाध्यक्ष राजु लिगलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : ५७ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ