३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाढीपहिरोबाट पर्वतमा १० को मृत्यु, २५ घर विस्थापित



पर्वत । यस वर्षको मनसुन शुरु भएयता पर्वत जिल्लामा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए । मनसुन शुरु हुनेबित्तिकै पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा नौ जनाको ज्यान गएको थियो ।

जेठ ३१ राति पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको थियो । पहिरोले तीन घरमा प्रत्यक्ष असर गरेकामा कमला विक र तुलबहादुरको घरपरिवारका सबैको ज्यान गएको थियो । त्यस्तै भदौ २९ गते फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको ज्यान गएको छ ।

घरमाथिबाट आएको पहिरोले मुडिकुबाका इन्द्रजित विकको घर पुरिँदा उनकी तीन वर्षीया नातिनी ऋतिका विकको मृत्यु भएको थियो । पहिरोमा परी ऋतिकाकी आमा सेती विक र अन्य दुई जना सामान्य घाइते भएका थिए ।

पहिरोमा परी जिल्लाभर झण्डै २५ घर पूर्णरूपमा विस्थापित बनेका छन् भने १०० भन्दा बढी घर जोखिममा परेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । जसमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैँयु गाउँपालिका र जलजला गाउँपालिकाका निजी घर पहिरोले क्षति पु¥याउनुका साथै बस्ती जोखिममा छन् ।

पहिरोका कारण कुश्मा नगरपालिका खुर्कोटमा ५० घरधुरी र फलेवास नगरपालिका कुर्घालगायत २५ वडाका केही घरधुरी जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने प्रजिअ रेग्मीले बताए।

प्रजिअ रेग्मीका अनुसार जिल्लाका जोखिमयुक्त ठाउँ र जिल्लामा विपद्बाट पुगेको क्षतिका बारेमा विपद् व्यवस्थापन समितिको बैठक बसी मन्त्रालयमा पठाइसकिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : ४४ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता