२ चैत्र २०८२, सोमबार | March 17, 2026

कोरोना प्रवेश गरेपछि काँग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द



काठमाडौं । असोज १९ गते केन्द्रीय कार्यसमिति बैठकको तयारी गरिरहेको नेपाली काँग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

पार्टीका केही केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको हो । आजबाट असोज २२ गते सम्म कार्यालय बन्द गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकको तयारीस्वरुप यहि असोज १५ गते सबै केन्द्रीय नेताहरुको पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये नेताहरु गगन थापा, अर्जुन नरसिंह केसी
आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतका केही नेताहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।

कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गराएको थियो । अझै पनि करिब एक सय ६० जनाको रिपोर्ट आउन बाँकी छ।

केन्द्रीय नेताहरुलाई संक्रमण भएपछि र पार्टी कार्यालय नै बन्द गरिएपछि मंगलबार बस्ने भनिएको काँग्रेस कार्यसमिति बैठक भने अन्यौलमा परेको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ४७ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित