२५ असार २०८३, बिहिबार | July 10, 2026

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीच एकताको बाध्यात्मक आवश्यकता बढ्दै गएको बताएका छन् ।

पेरिसडाँडामा आयोजित २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले देशको वर्तमान राजनीतिक परिस्थिति र बढ्दो बाह्य हस्तक्षेपका बीच कम्युनिस्ट पार्टीहरूबीच एकता अपरिहार्य बन्दै गएको बताएका हुन् ।

प्रचण्डले कम्युनिस्ट आन्दोलन विभाजन र एकताका विभिन्न चरण पार गर्दै यहाँसम्म आइपुगेको स्मरण गर्दै अहिले फेरि एकताको आवश्यकता झन् गम्भीर रूपमा महसुस भएको बताए। उनले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन सक्रिय रहेको आरोप लगाए।

“कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न ठूलो डिजाइनअन्तर्गत गतिविधि भइरहेको छ,” उनले भने, “यो यथार्थलाई स्वीकार गरेर समयमै समीक्षा र सुधार नगर्ने हो भने श्रमजीवी वर्ग र जनताको आकांक्षाप्रति घात हुनेछ।”

उनले नेपालमा अझै पनि कम्युनिस्ट आन्दोलनप्रति जनताको उल्लेख्य विश्वास र प्रभाव कायम रहेको उल्लेख गरे। उनले श्रमजीवी वर्गको आकांक्षा पूरा गर्न तथा वामपन्थी आन्दोलनलाई पुनः सशक्त बनाउन कम्युनिस्ट शक्तिहरू नयाँ ढंगले एकतावद्ध हुनुपर्नेमा जोड दिए।

उनले कम्युनिस्ट पार्टीहरूले पहिले आफ्नै कमजोरीको आत्मसमीक्षा गर्दै आन्दोलनलाई एकतावद्ध दिशातर्फ अघि बढाउनुपर्ने धारणा राखे। विगतका कमजोरी सच्याएर नयाँ ढंगले आन्दोलन अघि बढाउन सके मात्रै जनताको विश्वास पुनः बलियो बन्ने उनको भनाइ थियो।

प्रचण्डले नेपाली जनताले पनि सबै कम्युनिस्ट शक्तिहरू एकतावद्ध भएर देशको नेतृत्वदायी भूमिकामा अघि बढेको हेर्न चाहिरहेको उल्लेख गरे।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ३ : ४४ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट