२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

रास्वपा केन्द्रीय समिति बैठक बुधबार



काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बोलाइएको हो। बैठकमा केन्द्रीय महाधिवेशनको तयारी, सरकार सञ्चालन, संसदको चालू बर्खे अधिवेशनलगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

रास्वपाका प्रवक्ता मनिष झा ले सबै केन्द्रीय समिति सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको जानकारी दिएका छन्।

रास्वपाले आगामी भदौभित्र पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाएको छ। यसका लागि महाधिवेशन कार्यविधि पारित गरिसकेको पार्टीले कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ। यद्यपि, महाधिवेशनको ठोस मिति भने अझै तय गरिएको छैन।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : १५ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा