१० भदौ २०८३, बुधबार | August 26, 2026

राष्ट्रपतिको सम्बोधनका बेला प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसको आपत्ति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह संसद् बैठकबाट बीचमै बाहिरिएको घटनाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग स्पष्टिकरण माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको व्यवहारले संसदीय मर्यादामाथि प्रश्न उठाएको बताइन् । उनले राष्ट्रपतिको सम्बोधनजस्तो संवेदनशील र औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिलाई सामान्य रूपमा लिन नसकिने धारणा राखिन् ।

थापाले पदभन्दा ठूलो विषय मर्यादा र जनविश्वास भएको उल्लेख गर्दै प्रधानमन्त्री स्वयंले घटनाबारे संसद्लाई जवाफ दिनुपर्ने माग गरिन् । उनले संसद्मा बोल्दै हिजोको दृश्य असामान्य रहेको टिप्पणी गर्दै सरकारको धारणा सार्वजनिक गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : २४ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी