१२ असार २०८३, शुक्रबार | June 27, 2026

न्यायालय कब्जा गर्न सरकार उद्यत रहेको सांसद बलावती शर्माको आरोप



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउँदै न्यायालयमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप लगाएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्तमान सरकार न्यायिक स्वतन्त्रता कमजोर पार्ने दिशामा अघि बढेको टिप्पणी गरिन् ।

सांसद शर्माले दुईतिहाइ नजिकको समर्थन प्राप्त सरकारले जनताको भरोसा जित्नुपर्नेमा उल्टै गरिब र निमुखामाथि शक्ति प्रदर्शन गरिरहेको आरोप लगाइन् । उनले डोजर प्रयोग गरेर बस्ती तथा घर भत्काउने कार्यले पीडित नागरिकको मनोबलसमेत तोडिएको बताइन् ।

उनले संसद्मा प्रश्न गर्दै सरकारको भूमिका जनताको संरक्षण गर्ने कि उनीहरूमाथि दमन गर्ने भन्ने स्पष्ट हुनुपर्ने धारणा राखिन् ।

शर्माले राज्य संयन्त्रलाई नियन्त्रणमुखी बनाउने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थामाथि नै चुनौती सिर्जना गरेको दाबी गरिन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ३९ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३