२५ असार २०८३, बिहिबार | July 10, 2026

प्रधानमन्त्री बालेन्द्रको राजीनामा माग गर्दै संसद अवरोध



काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरिएको छ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै विपक्षी दलका सांसदहरूले तीव्र विरोध जनाएका हुन्।

बुधबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए।

विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्ने भन्दै उनी अनुपस्थित रहनु अस्वीकार्य भएको बताएका छन्। श्रम संस्कृति पार्टीका हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन् ।

प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर विपक्षी सांसदहरूले बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका छन्। यस क्रममा सभामुख र विपक्षी सांसदहरूबीच केहीबेर सवाल(जवाफसमेत भएको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ५७ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट