खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । खजुरा गाउँपालिकाको १ नम्बर बजार क्षेत्रबाट शंकास्पद मासु सहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खजुरा -८ रनियापुरका फैयाद कुरैसी रहेका छन् । रिक्साको सिटमुनि लुकाएर नेपालगन्जतर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धनौलीको टोलीले मासु बरामद गरेको हो। प्रहरी निरीक्षक नवीन चापागाईंको नेतृत्वमा खटिएको टोलीले रिक्सा सहित १५० किलो बढी शंकास्पद मासु बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए ।
प्रहरीका अनुसार बरामद गरिएको मासु गाईको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । गाइको मासु भए नभएको परीक्षणका लागि ल्यावमा पठाइएको डीएसपी पातलीले बताए । रिक्सा चालकसमेत रहेका कुरैसीलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको छ । यसअघि पनि रनियापुर क्षेत्रबाट पटक पटक गाईको मासु नेपालगन्ज र त्यस आसपास सप्लाई हुँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
फोटो : खगेन्द्र दाहाल




















प्रतिक्रिया