३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

सगरमाथा आरोहण मार्ग खुला



काठमाडौँ । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो ।

हिजो बुधबार १ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण (डोरी टाँगिएको)गरिएको पर्यटन विभागले जनाएको छ । यसमा संलग्न पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ ।

डोरी टाँग्न आधारशिविरदेखि ‘क्याम्प–२’ सम्म आठ जना आइसफल डाक्टर तथा क्याम्प–२ देखि चुचुरोसम्म ११ जना पथप्रदर्शक संलग्न रहेका विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १० : २२ बजे

संसदमा प्रधानमन्त्रीको अनुपस्थित विरुद्ध कांग्रेसको विरोध जारी रहने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने भएपछि

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सिंहदरबास्थित

संसदमा उपस्थित हुन प्रधानमन्त्री बालेन्द्र आज पनि अनिच्छुक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज पनि संसद बैठकमा सहभागी

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

सगरमाथा आरोहण मार्ग खुला

काठमाडौँ । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग