१९ असार २०८३, शुक्रबार | July 3, 2026

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषि, पर्यटन, युवाको पलायन रोकथाम तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । उनले लगानीमैत्री नीति र स्थिर वातावरणमार्फत देशको आर्थिक विकासलाई गति दिन सकिने बताए ।

सांसद धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मधेस प्रदेशको कृषि विकासलाई बृहत् रूपमा नसमेटिएको आरोप लगाए । उनले मध्यमवर्गका लागि नीति तथा कार्यक्रम सकारात्मक भए पनि मधेसको कृषि र पर्यटनको सम्भावनालाई पर्याप्त प्राथमिकता नदिइएको टिप्पणी गरे ।

सांसद उर्मिला अर्यालले कृषिको वृद्धिदर पाँच प्रतिशत पु¥याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताइन । उनले मौलिक बीउको प्रवद्र्धन, वीरगञ्ज चिनी कारखानाको पुनः सञ्चालन तथा दुग्ध विकास संस्थानको स्तरोन्नतिमा जोड दिइन। मधेस प्रदेशको खानेपानी सङ्कट समाधानका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न उनले सरकारसँग आग्रह गरिन् ।

सांसद सोनामगेल्जेन शेर्पाले पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण, कूटनीतिक पहलमार्फत पर्यटन प्रवद्र्धन तथा पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन भारत र चीनसँग कूटनीतिक पहल आवश्यक रहेको बताए ।

यसैगरी, सांसद सुनिलबहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेका बेला स्वरोजगार सिर्जना गरी स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताए। उनले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न आवश्यक भएकामा जोड दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १ : ३३ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा