२७ श्रावण २०८३, बुधबार | August 12, 2026

ढुंगा प्रहारबाट मुख्यमन्त्री शंकर पोखरेललाई सामान्य चोट : मुख्य सचेतक ढकाल



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका काँग्रेस कार्यकर्ताहरुले मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार नगरेको काँग्रेसले बताएको छ ।

नेपाली काँग्रेसले आइबारको बन्दको समीक्षा गर्न बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा बैठक बसिरहेका कार्यकर्तालाई प्रहरीले कटेजभित्र प्रवेश गरी पक्राउ गरेको बताएको छ ।

आईतबार साँझ काठमाडौंबाट बुटवल फर्कने क्रममा बुटवल राजमार्ग चौराहा नजिकै मुख्यमन्त्री सवार गाडीलाई लक्षित गर्दै ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्रीको स्कर्टिङको गाडी सहित मुख्यमन्त्री पोखरेल सवार गाडीमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर ५ प्रदेश सभाका मुख्य सचेतक भुमिश्वर ढकालले मुख्यमन्त्री सवार गाडीमा ढुंगामुढा गर्ने प्रयास गरिएको र प्रहार भएको ढुंगाबाट मुख्यमन्त्री पोखरेललेलाई हल्का चोट लागेको बताए । उनले केही सुरक्षाकर्मी समेत सामान्य घाइते भएको बताए ।

गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल,  तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की, सञ्चारकर्मी कमला पाण्डेलाई पक्राउ गरेको काँग्रेस रुपन्देहीले जनाएको छ ।

नेपाली काँग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले मुख्यमन्त्री आफैले परिस्थितिलाई उत्तेजित बनाएको आरोप लगाएका छन् ।

जनताको स्वाभाविक आक्रोशबाट मुख्यमन्त्रीको गाडीमा ढुंगा प्रहार भएको बताउँदै उनले जनताले गरेको प्रतिकारमा प्रहरीले काँग्रेस कार्यकर्तालाई पक्राउ गरेको बताए । मुख्यमन्त्रीको आदेशमा काँग्रेस कार्यकर्ता र जनतालाई धरपकड गरेर अझै अवस्था उत्तेजित बनाउन खोजिएको पाण्डेले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ०८ बजे

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, सबै मन्त्रीले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा