३ पुस २०८२, बिहिबार | December 19, 2025

अक्टोबर ३१ सम्म नयाँ दिल्लीका विद्यालय बन्द रहने



एजेन्सी । कोभिड-१९ को महामारीका कारण लामो समयदेखि बन्द भएका भारतको राजधानी नयाँ दिल्लीका विद्यालय यो महिनाको अन्त्यसम्म नखुल्ने भएका छन् ।

विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द नै रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले बताएका छन् । ‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चाँडै जारी गरिनेछ,’ सिसोडियाले भने ।

भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भए पनि खोल्ने भन्ने चर्चा चुलिएका बेला उपमुख्यमन्त्री सिसिडियाले यसबारे सरकारी धारणा सार्वजनिक गरेका हुन् ।

यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो । संघीय सरकारले गत सेप्टेम्बर ३० मा कोभिड-१९ को लकडाउनलाई थप खुला गर्नका लागि नियमहरू सार्वजनिक गरिएको थियो ।

यद्यपि विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ । विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने सरकारी निर्देशनमा उल्लेख छ ।

विश्वमा कोभिड-१९ का कारण दोस्रो बढी प्रभावित भारतमा दिल्ली छैठौँ बढी प्रभावित राज्य हो । दिल्लीमा अहिलेसम्म दुई लाख ८७ हजार ९३० व्यक्ति कोभिड सङ्क्रमित भएकोमा पाँच हजार ४७२ व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ५१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको