४ भदौ २०८३, बिहिबार | August 20, 2026

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव एक ओभरमा १९४ रनमा अलआउट भयो । उसका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए ।
उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । माइकल इङग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए भने जर्स मुन्सीले २१  र मार्क वाटले २० रन जोडे ।
बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट झारे । त्यस्तै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान एक÷एक विकेट लिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १२ : ५३ बजे

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल