४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस



नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा बिक्रेताहरुले पेट्रोलियम पदार्थ नउठाउँदा नेपालगन्ज लगायतका शहरहरुमा आइतबार र सोमबार पेट्रोलियम पदार्थको हाहाकार देखिएको छ । मूल्य समायोजन गर्दा मूल्य घट्ने आशंकामा पेट्रोलियम पदार्थ खरिद नगरिदिँदा बजारमा पेट्रोलिम पदार्थको अभाव देखिएको हो ।

नेपालगन्जका अधिकांस पेट्रोल पम्पहरुमा डिजल र पेट्रोल नभएको सूचना टाँसिएको छ भने कतिपय पम्पहरु ताला लगाएर राखिएको छ । यसअघि १५ तारिखमा मूल्य समायोजन हुने गरेको र अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचना पाएपछि बिक्रेताहरुले शुक्रबारदेखि नै पेट्रोलियम पदार्थ नउठाएको आयल निगम स्रोतको दाबी छ ।

तुलनात्मकरुपमा बिहिबार देखि नै बिक्रेताहरुले पेट्रोलियम कम परिमाणमा उठाएको नेपाल आयल निगमका नेपालगन्ज डिपोका प्रमुख अजित पोख्रेलले बताए । उनले बिहिबार र शुक्रबार व्यवसायीहरु तेल उठाउन नआएपछि २ दिनको बिदा थपिँदा बजारमा अभाव देखिएको बताए ।

व्यवसायीहरुले भने २ दिनको बिदाका कारण सोमबार बिहानबाट पेट्रोलियम सकिएर बजारमा अभाव भएको दाबी गरेका छन् । उनीहरुले कार्यालय खुलेपछि पनि आयल निगमबाट बिल अनुसार डेलिभरीमा धिलाई गर्दा बजारमा अभाव देखिएको बताउँछन् । सोमबार कार्यालय समयमा नै भौचर जम्मा गर्दापनि साँझ सम्म डेलिभरी दिन नसक्नु निगमको व्यवस्थापनको कमी भएको नाम नछाप्ने सर्तमा एक व्यवसायीले बताए । ती व्यवसायीले मूल्य घटेर घाटा पर्ने डरले केही व्यवसायीले कम परिमाणमा तेल उठाएको स्वीकार गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ५ : ४० बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब