८ भदौ २०८३, सोमबार | August 24, 2026

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी



नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो ।

आज मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश पन्तले जानकारी दिए । सामान्यतया दैनिक करिब दुई हजार ५०० हाराहारी बिरामी आउने गरेमा पछिल्लो समय चाप बढेको उनले बताए ।

सेवाग्राहीको घुइँचो बढेकाले अस्पतालबाट अन्य अस्पतालमा प्रेषण (रिफर) गर्न समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । रत्ननगर–१२ बाट आँखाको उपचारका लागि रिफर माग्न आएका रामविलास लामिछानेले थप उपचार गर्न अन्य अस्पताल जाँदा रिफर आवश्यक पर्ने भनिएपछि भरतपुर अस्पताल आएकामा भीडका कारण समयमा काम नभएको गुनासो गरे ।

उनले आफू बिहान ८ः०० बजे आउँदा एक हजार २०० नम्बरमा पालो परेको बताए । बिमाको रिफरका लागि धेरै समय कुर्न नपर्ने व्यवस्था हुनुपर्ने भन्दै लामिछानेले सरोकार भएका सबैको ध्यानाकर्षण गराए ।

भरतपुर–२० चनौलीका नवराज भुसालले आँखाको उपचारका लागि रिफर लिन धेरै समय कुर्नुपरेको गुनासो गरे । भरतपुर–५ का रामकृष्ण अधिकारीले नियमित उपचारका लागि आउने बिरामी भएकाले दुई दिन ओपिडी बन्द हुँदा सोमबार अस्पतालमा भीड बढेको बताए ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले दुई दिन बिदा परेकाले सोमबार बिरामीको चाप बढेको बताए । उनले भने, “ओपिडीको समय बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म हो । टिकट बिहान ८ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म पाइन्छ । तर अधिकांश सेवाग्राही बिहानै ५-६ बजेदेखि लाइनमा बस्नुहुन्छ । अस्पताल ५ः०० बजेसम्म खुला रहने भएकाले भीडभाड नगरी सेवा लिन आग्रह गर्दछौँ ।”

उनका अनुसार बिहानैदेखि सेवाग्राही लाइनमा बस्ने गरेकाले बिहानको समयमा बढी भीड देखिएको हो । ओपिडी सेवा दिनभर सञ्चालन हुने भएकाले सहज रूपमा सेवा लिन सकिने उनले बताए । उनले अस्पतालले रिफर गरेर बाहिर पठाउने बिरामीका लागि छुट्टै कक्षमार्फत सेवा दिने तयारी गरिरहेको जानकारी दिए । एक-दुई दिनभित्र रिफर सेवालाई व्यवस्थित बनाइने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : ३९ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको

आफुलाई ‘हिन्दुविरोधी’ देखाउने प्रयासप्रति बाबुराम भट्टराईको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या-पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ