५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गार्गीमा एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ देवीनगरस्थित गार्गी एकेडेमीले माध्यामिक शिक्षा परीक्षा एसईई-२०८२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई, शुभकामना तथा सम्मान गरेको छ । बुधबार स्कूलले एक समारोह आयोजना गरी उच्च अंकसहित एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै बधाई तथा शुभकामना प्रदान गरेको हो ।

एसईईमा विद्यालयका छात्रा अमिसा पौडेलले चार जीपीए ल्याएर उत्तीर्ण भएकी छन् । यस्तै ५ जना विद्यार्थीले ३.९० भन्दा माथिको जीपीए ल्याएर उत्तीर्ण भएका छन । यस्तैगरी ३.६१ भन्दा माथि ३४, ३.२१ देखि ३.६० जीपीएसम्म ३९ र २.८१ देखि ३.२० ल्याउने १४ जना विद्यार्थीसहित शत प्रतिशत ८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गार्गी एकेडेमीले स्थापनाको छोटो समयमा हाँसिल गरेको उत्कृष्ट नजिता सबैका लागि सिकाई बनेको बताए । शिक्षक, अभिभावक र विद्यार्थीको सफल सहकार्यबाट मात्रै सफलता हाँसिल गर्न सकिने बताउँदै उनले त्यसमा गार्गीले आफूलाई उत्कृष्टता देखाएको चर्चा गरे । विद्यार्थीलाई पढाईसँगै नैतिक शिक्षा, अनुशासन र संस्कार आवश्यक रहेको ज्ञवालीले जोड दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले सबैको संकल्प, लगनशीलता र आत्मविश्वासबाट अहिलेको नजिता विद्यालयले हाँसिल गर्न सफल भएको बताए । विद्यालयको सबै टिमको परिश्रमबाट चार जीपीएसहित आएको प्राचार्य अधिकारीको भनाइ छ । कार्यक्रममा विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले विद्यालयको बलियो शैक्षिक धरोहरलाई अहिलेको नतिजाले झनै सशक्त बनाएको बताए ।

सो अवसरमा चार जीपीए ल्याउने विद्यार्थी अमिसा पौडेललाई नगर २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै मावि शिक्षकहरुलाई पनि नगरसहित सम्मान गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीमबहादुर चौधरीले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष रणबहादुर थापा, विद्यार्थी अमिसा पौडेल, मावि संयोजक समिर अधिकारी लगायतले बोलेका थिए । विद्यालयका २ हजार ७०० विद्यार्थी अध्ययनरत छन । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ७ : १९ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले