९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन



काभ्रेपलाञ्चोक । सरकारले सुकुमवासीलाई ब्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुमवासी परिवारले आफूलाई ब्यवस्थित गर्न निवेदन दिएका छन् । नगरको सार्वजनिक सूचनानुसार रोशी खोला-आसपास बसेका सुकुमवासीले उक्त सङ्ख्यामा हालसम्म निवेदन गरेको नगरकार्यालयले जनाएको छ ।

नगर कार्यालयका अनुसार निवदेन आउनेक्रम रहेपनि ती परिवारालाई स्थानान्तरण गर्नेगरी उनीहरुका घर खाली गराउन प्रक्रिया थालिएको छ । नगरले विशेषगरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी थालिएको नगरप्रमुख रामशरण भण्डारीले बताए । उनका अनुसार अझै नगरक्षेत्र तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक जग्गा तथा सुकुमवासी बस्तीसम्बन्धी निवेदन सङ्कलनकार्य जारी राखिएको छ ।

नगर कार्यालयका अनुसार हालसम्म वडा नं ७ र ८ लगायत विभिन्न वडाबाट १३७ जनाको निवेदन दर्ता भइसकेको छ । यस्तै बाँकी वडाबाटसमेत विवरण आउने क्रम जारी रहेको जनाइएको छ । यस्तै वडा नं २ बाट ५३, वडा नं ४ बाट ७, वडा नं ५ बाट ८, वडा नं ७ बाट १५, वडा नं ८ बाट ७, वडा नं ९ बाट ९, वडा नं १० बाट २४, वडा नं ११ बाट ८ तथा वडा नं १२ बाट ६ परिवारको निवेदन दर्ता भएको हो । नगर कार्यालयले पहिलो चरणमा रोशी खोला छेउका जोखिमयुक्त बस्ती हटाउने योजना बनाएको जनाएको छ । वर्षायाममा बाढी र कटानको उच्च जोखिम हुने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षालाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको भण्डारीको भनाइ छ ।

स्थानीय तहले सार्वजनिक जग्गाको संरक्षणसँगै दीर्घकालीन व्यवस्थापनको विकल्प खोज्ने तयारीसमेत गरिरहेको जनाएको हो । यसका लागि बास्तविक सुकुम्बासीको पहिचान, तथ्याङ्क सङ्कलन र आवश्यक समन्वयको काम भइरहेको जनाइयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ८ : ०८ बजे

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि

लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजना : प्राविधिक शिक्षाबारे बहस

रुपन्देही । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति

जुम्लामा घरमै पुग्यो राहदानी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी

पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

काभ्रेपलाञ्चोक । सरकारले सुकुमवासीलाई ब्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय