३१ भदौ २०८३, बुधबार | September 16, 2026

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले आज साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा भार प्रेसण केन्द्रका प्रमुख चन्दन घोषले नेपालको विद्युत् माग र आपूर्तिको सन्तुलन, प्रणालीमा आउने प्राविधिक चुनौती र भारतसँग भइरहेको विद्युत् आयात–निर्यातको प्राविधिक पक्षबारे मन्त्री श्रेष्ठलाई अवगत गराएका थिए ।

निरीक्षणपछि मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षा र भरपर्दो विद्युत् आपूर्तिका लागि प्रणालीको सुदृढीकरण अनिवार्य रहेको बताए । उनले आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत् निर्यात गरी आर्थिक लाभ लिन र हिउँदको समयमा हुने विद्युत् मागलाई कुशलतापूर्वक व्यवस्थापन गर्न निर्देशन दिए ।

विद्युत् प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउँदै सम्भावित प्राविधिक जोखिम न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री श्रेष्ठले बताए । उक्त निरीक्षणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ९ : २३ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०