५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार



महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको छ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो ।

उद्धार गरिएका उनीहरुलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिए । “आज धनगढीमा उद्धार गर्दैछौं, गत वैशाख २८ गते मेचीबाट सुरु भएको यात्राका क्रममा १२० जनाको उद्धार गरिएको छ”, उनले भने ।

मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस भनेर काँकरभिट्टास्थित मेची पुलबा यात्रा सुरु गरेको थियो । यात्रा कञ्चनपुर–कैलाली हुँदै आइतबार बाँके पुग्नेछ ।

आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा र आयोजक मानव सेवा आश्रमको टोली उद्धारका लागि यहाँ आइपुगेको हो । आश्रमका सदस्य सापकोटाले सडकआश्रित मानवहरूको उद्धारका लागि देशव्यापी यात्रामा रहेको बताए ।

उनले मानव सेवा आश्रमका देशका विभिन्न स्थानमा ३३ वटा सेन्टर रहेको जानकारी दिए । उनका अनुसार गायिका आनी छोइङ डोल्माले यात्रामा आर्थिक व्यवस्थापन गरेकी छन् भने मानव सेवा आश्रमले अन्य व्यवस्थापकीय भूमि निभाउँदै आएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ३ : ५१ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी