१५ भदौ २०८३, सोमबार | August 31, 2026

गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, ४ जना घाइते



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खण्डको सडकमा गुडिरहेको मोटरसाइकललाई बाले आक्रमण गर्दा ४ जना घाइते भएका छन् । कञ्चनपुर बेलडाँडी गाउँपालिका वडा नं २ क्याम्प चेकपोष्ट स्थित दैजी बेलडाँडी सडकखण्डमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भित्र दैजीबाट बेलडाँडी तर्फ आउदै गरेको मोटरसाइकलमाथि बाघले आक्रमण गर्दा ४ जना घाइते भएका हुन् ।

बेलौरी नगरपालिका वडा नं ९ रतनपुर बस्ने बिरेन्द्र ठगुन्नाले चलाएको सु.प.प्र. ०१-००९ प ७६३० नम्बरको मोटरसाइकललार्इ अचानक बाघले आक्रमण गर्दा कोटरसायकल भई सडकमा पल्टिन जाँदा चालक ठगुन्ना सहित उनकी श्रीमती कल्पना ठगुन्ना, छोरा २ बर्ष ६ महिनाको रियान्स ठगुन्ना र भान्जी भिमदत्त नगरपालिका १५ खैरिबस्ती बस्ने १४ वर्षिया आरुसी साहु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरुसी अचेत अवस्थामा रहेकी छन् भने अन्यको आवस्था मध्यम रहेको छ ।

घाइतेहरुलाई घटना लगत्तै उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा त्यहाँबाट थप उपचारका लागि धनगढी मायामेट्रो हस्पिटल रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना बुधबार राती ९ बजे भएको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  १ : २८ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,