३२ असार २०८३, बिहिबार | July 17, 2026

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले टुँडिखेलको मञ्चबाट देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका छन्।

बुधबार नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले राष्ट्रको दिशा, आर्थिक अवस्था, सामाजिक रूपान्तरण र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए।

‘म आशा गरिरहेको छु– राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा कहाँ लैजानुहुन्छ भन्नेबारे हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा टुँडिखेलको मञ्चबाट सम्बोधन गर्नुपर्छ,’ यादवले भने, ‘उहाँको दृष्टिकोण सुन्न आज सम्पूर्ण जनता आतुर छन्।’

उनले प्रधानमन्त्रीले हालसम्म संसद् र जनतालाई औपचारिक रूपमा सम्बोधन नगरेको उल्लेख गर्दै संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी नेतृत्व भएकाले संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राखे।

‘प्रधानमन्त्रीले संसद्मा आउनुपर्छ, संसद्लाई सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘देशको आर्थिक अवस्था कसरी अगाडि लैजाने, स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधारका क्षेत्रमा के गर्ने भन्ने स्पष्ट मार्गचित्र जनताले सुन्न चाहेका छन्।’

पूर्वराष्ट्रपति यादवले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिले अध्यक्षता गर्ने विषय स्वाभाविक भए पनि संसदीय प्रणालीमा प्रधानमन्त्रीको भूमिका बढी महत्वपूर्ण हुने बताए।

उनले लोकतन्त्र, गणतन्त्र र संघीयता जस्ता राजनीतिक उपलब्धिको रक्षा गर्दै त्यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिए। नयाँ उदाएका राजनीतिक शक्तिहरू, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले जनमतको सम्मान गर्दै व्यवस्थालाई सुदृढ बनाउन सक्रिय हुन आग्रह गरे।

‘नेपाली जनताले मुरीका मुरी भोट दिएर नयाँ युवाहरूलाई संसद्मा पठाएका छन्,’ यादवले भने, ‘यो ७०–८० वर्षको लामो संघर्षबाट प्राप्त उपलब्धि हो। यो व्यवस्थालाई बचाएर देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सुदृढ बनाउनु युवा पुस्ताको दायित्व हो।’

विश्वव्यापी रूपमा लोकतन्त्रमाथि चुनौती बढिरहेको उल्लेख गर्दै उनले नेपालले आफ्ना लोकतान्त्रिक मूल्य–मान्यतालाई थप बलियो बनाउनुपर्ने बताए। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र राष्ट्रपतिको संस्थाबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै यादवले विश्वभर बढ्दो दक्षिणपन्थी लोकरिझ्याइँप्रति चिन्ता व्यक्त गरे।

‘राजनीति खेलको नियम जस्तै हो, सबैले आफ्नो परिधिभित्र रहेर काम गर्नुपर्छ,’ उनले बीपीको भनाइ उद्धृत गर्दै भने, ‘यी संस्थाहरूबीच समन्वय अभाव भएमा व्यवस्था नै कमजोर हुन सक्छ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ३ : २५ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना