३१ असार २०८३, बुधबार | July 16, 2026

संयोजक प्रचण्डको स्वास्थ्य अवस्था स्थिर : अस्पताल



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था स्थिर रहेको छ । मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको ‘स्वास्थ्य बुलेटिन’ अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको जनाएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष प्रचण्ड शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले भनेको छ, “अस्पतालको चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उहाँमा निमोनियाको सङ्क्रमण देखिएको छ । यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न गरिएका छन् । उपचार प्रक्रिया सुरु गरिएको छ, पूर्णस्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानी स्वरूप उहाँलाई दुई-तीन दिन अस्पतालमै राखी उपचार गर्नुपर्नेछ ।”

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ९ : २९ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक