२५ भदौ २०८३, बिहिबार | September 11, 2026

मोदीसँगको भेट फलदायी रहेको रवि लामिछानेको दाबी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी रहेको बताएका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लामिछानेले नेपाल र भारत विगतका सीमिततालाई पार गर्दै विकास-कूटनीतिको नयाँ चरणतर्फ अघि बढ्न सक्ने बताएका हुन् ।

उनले साझा सभ्यता, सांस्कृतिक सम्बन्ध, डिजिटल कनेक्टिभिटी तथा सहज आवागमनका माध्यमबाट दुई देशबीच विश्वास र प्रगतिमा आधारित साझेदारीलाई थप सुदृढ बनाउन सकिने उल्लेख गरेका छन् । साथै नेपाल र भारतका नागरिकको साझा समृद्धिका लागि ती सम्भावनालाई व्यवहारमा उतार्न रास्वपा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले पनि लामिछानेसँगको भेटलाई सुखद भएको उल्लेख गर्दै नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको प्राथमिक साझेदारका रूपमा व्याख्या गरेका थिए । सामाजिक सञ्जालमार्फत मोदीले नेपाल-भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र उचाइमा पुर्‍याउन मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

मोदीले साझा र समृद्ध भविष्य निर्माणका लागि लामिछानेले व्यक्त गरेको दृष्टिकोणप्रति आफू सहमत रहेको समेत उल्लेख गरेका छन् । रास्वपाको प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन, भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल-भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक सहकार्य तथा विकासका विविध आयाममा छलफल भएको जनाइएको छ ।

लामिछानेसँग उनकी पत्नी निकिता पौडेल लामिछाने तथा रास्वपाका सांसद विपिन आचार्य र दीपक बोहोरा पनि भारत भ्रमणमा सहभागी छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ५ : ५२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ