५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रास्वपा सभापति रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच भेट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका लामिछानेसँग भएको भेटलाई फलदायी भएको उल्लेख गर्दै गोरले नेपाल-अमेरिका साझेदारीलाई थप सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै उनले अमेरिका नेपालसँगको मित्रतालाई उच्च महत्व दिने र दुवै देशका लागि समृद्धि तथा अवसर विस्तार गर्ने साझा प्राथमिकतामा सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

लामिछानेको पाँचदिने भारत भ्रमणका क्रममा भएको उक्त भेटलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ । भ्रमणका दौरान उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विभिन्न उच्च राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गरिसकेका छन् ।

भूराजनीति तथा कूटनीतिक विषयमा कलम चलाउँदै आएका स्पुतनिक इन्डियाका वरिष्ठ संवाददाता धैर्य महेश्वरीले समेत सामाजिक सञ्जालमार्फत लामिछाने र गोरबीचको भेटबारे जानकारी सार्वजनिक गरेका छन् ।

रास्वपाले भने भेटवार्ताका विषयवस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन । तर नेपाल-अमेरिका सम्बन्ध, क्षेत्रीय सहकार्य तथा साझा चासोका विषयमा छलफल भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ७ : ३५ बजे

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा