२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

भारत भ्रमणपछि स्वदेश फर्किए रवि लामिछाने, नेपाल-भारत सम्बन्धमा ‘नयाँ सुरुवात’ भएको दाबी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न काठमाडौं फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भारत भ्रमणलाई पारदर्शी, खुला र परिणाममुखी भएको दाबी गरे । उनले यसपटकको भ्रमण विगतका कूटनीतिक भेटघाटभन्दा फरक रहेको उल्लेख गर्दै अधिकांश छलफल खुला रूपमा भएको बताए ।

लामिछानेका अनुसार भारतीय अधिकारीहरू तथा अमेरिकाका प्रतिनिधिसँग भएका भेटवार्तामा नेपालका कार्यवाहक राजदूतको समेत सहभागिता रहेको थियो । यसले संवादलाई थप स्पष्ट, संस्थागत र पारदर्शी बनाएको उनको भनाइ छ ।

उनले नेपाल-भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने प्रयास भएको बताउँदै अब अस्पष्ट, गोप्य र अपारदर्शी अभ्यासको अन्त्य गर्दै सम्बन्धलाई नयाँ आधारमा पुनर्संरचना गर्न आवश्यक रहेको धारणा राखे ।

नेपालले कूटनीतिक विषयलाई सडक, संसद् र सञ्चारमाध्यमका बहसभन्दा माथि उठाएर संस्थागत प्रक्रियामार्फत अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

सभापति लामिछानेले नेपाल-भारत सम्बन्धलाई अब केवल राजनीतिक दृष्टिकोणबाट नभई अर्थ-राजनीतिक दृष्टिले पनि अघि बढाउनुपर्ने बताए । भारतसँग कनेक्टिभिटी, धार्मिक पर्यटन, लगानी तथा विकास सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए ।

भ्रमणका क्रममा नेपाल र भारतबीचको सहकार्य तथा साझेदारीबारे आफ्नो दृष्टिकोण समेटिएको लेख भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित भएको उल्लेख गर्दै उनले त्यसमार्फत रास्वपाको सोच र प्राथमिकता प्रस्तुत गरिएको बताए ।

भारतसँगको संवादले लगानी, व्यापार तथा विकास सहकार्यका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले नेपाल-भारत सम्बन्धमा नयाँ अध्याय सुरु भएको दाबी गरे ।

‘यो भ्रमणले पुराना समस्याको समाधानतर्फ प्रारम्भिक आधार तयार गरेको छ र आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको छु,’ उनले भने ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ७ : १२ बजे

एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक

‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र

गुल्मीमा रास्वपा सांसद सागर ढकाल र सुशान्त वैदिक सवार गाडी दुर्घटनाग्रस्त

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल

भारत भ्रमणपछि स्वदेश फर्किए रवि लामिछाने, नेपाल-भारत सम्बन्धमा ‘नयाँ सुरुवात’ भएको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका-४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने