२० श्रावण २०८३, बुधबार | August 5, 2026

अत्याधिक गर्मी बढेपछि बाँकेका स्थानीयतहले दिन थाले गर्मी बिदा



नेपालगन्ज । अत्याधिक गर्मी बढेपछि बाँकेका स्थानीय तहले धमाधम स्थानीय बिदा दिन थालेका छन् । तापक्रम ३८ डिग्री भन्दा माथि पुग्न थालेपछि स्थानीय तहले बिदाको निर्णय गर्न थालेका हुन् ।

आइतबारमात्र कोहलपुर नेगरपालिकाले ३ दिन गर्मी बिदा दिने निर्णय गरेको थियो भने नेपालगन्ज उपमहानगरपालिकाले पनि ३ दिन गर्मी बिदा दिने सूचना सार्वजनिक गरेको छ ।

अत्याधिक गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालय सम्म आवत जावत गर्न कठिन भई उनीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने जोखिमका कारण जेठ २६ गतेबाट २९ गते सम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

बिदाको अवधिमा गृहकार्य दिएर विद्यार्थीहरुलाई स्व-अध्ययनको व्यवस्थापनमा सहजिकरण गर्न गर्न उपमहानगरले विद्यालयहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १ : ५६ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको