१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन



काठमाडौं । माछापुच्छ्र बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन एमबिल एम स्मार्ट मार्फत नेपाल–भारत नेपाल रियल टाईम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने बैंकले अपेक्षा गरेको छ ।

यस सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकहरूले भारतमा उपलब्ध यूपीआईसंग संबन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपाल स्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूको सहज रुपमा बैंक खातामा रकम पठाउन सक्नेछन् । उक्त रकम लाभग्राहीको खातामा तत्कालै जम्माहुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी,नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि एमबीएल एम स्मार्ट एप्लिकेसनमा उपलब्ध क्र बोर्डर ट्रन्सफर सुविधाको प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन् । बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डहरूलाई पालनामा उच्च प्राथमिकता दिएको जनाएको छ । बै.कका अनुसार यो पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवद्र्धन गर्नुका साथै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने विश्वास लिईएको छ । साथै बैंकले आगामी दिनहरूमा पनि थप उच्चतम प्रविधि मैत्री तथा ग्राहक केन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ५ : २६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा