२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व : उपेन्द्र यादव



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले बोल्दा सत्य, तथ्य र ऐतिहासिक प्रमाणका आधारमा बोल्नु पर्ने बताएका छन् । अवधि पत्रकार संघले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिलाई अपरिपक्व अभिव्यक्तिको संज्ञा दिए ।

पूर्व उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री समेत भइसकेका अध्यक्ष यादवले अहिलेसम्म भारतलेसमेत नभनेको कुरा भनेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको बताउँदै प्रधानमन्त्रीको भनाईले मुलुकलाई अप्ठ्यारोमा पार्न सक्ने जिकिर गरे ।

अध्यक्ष यादवले सरकारले सय रुपैया भन्दा बढीको सामानमा भन्सार लगाउने, विकल्प बिना सुकुम्बासी उठाउने, ५० युनिट बढीको विजुलीमा अतिरिक्त कर लगाउने निर्णय अलोकतान्त्रिक भएको बताए ।

उनले लुम्बिनी प्रदेशमा हालै जसपाको नाममा भण्डारीलाल अहिरलाई मन्त्री बनाएको यादवले गम्भीर आपत्ति जनाएका छन् । सर्वोच्च अदालतले अशोक राईको पार्टीलाई बैधानिकता नदिएपछि विगतमा पार्टी त्यागेका भनिएका सांसदहरु स्वतः जसपा नेपालको सांसद भएको उल्लेख गर्दै यादवले लुम्बिनी प्रदेशमा जसपाको नाममा मन्त्री बनाउदा पार्टीलाई नसोधिएको बताए । ‘जसपा नेपालका कुन सांसदलाई मन्त्री बनाउने हो त्यो पार्टीले निर्णय गर्छ,’ उनले भने, ‘कुनै व्यक्तिलाई टिप्नु बहुदलीय व्यवस्था, लोकतान्त्रिक संस्कार विपरित छ । सर्वोच्चको पूर्ण पाठ आएपछि हामी कानुनी उपचार खोज्छौ ।’

उनले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहजरुपले पुग्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे ।

अध्यक्ष यादवले गरिबी र बेरोजगारी चरम सीमामा पुगेको अवस्थामा ‘जेनजी’ले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।

अवधि पत्रकार संघका अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव कमरुदिन राई, प्रदेश सांसद अम्बिका काफ्लेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १ : ५७ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ