१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय

जेनजी आन्दोलनका मुद्दाबारे पनि अध्ययन गरिने



काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन् । गृह मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले देशका महत्वपूर्ण तथा चर्चित घटनासँग सम्बन्धित अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

पदभार सम्हाल्दै गृहमन्त्री गुरुङले आफूमाथि विभिन्न आरोप लगाइए पनि तथ्य र प्रमाणका आधारमा सत्य स्थापित हुने बताएका छन् । उनले आफूविरुद्ध तथ्यविहीन आरोप लगाइएको दाबी गर्दै सार्वजनिक जीवनमा आरोप-प्रत्यारोप हुँदा पनि कानुनी प्रक्रिया र तथ्यलाई आधार बनाउनुपर्नेमा जोड दिए ।

उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत हुने ‘मिडिया ट्रायल’ प्रति पनि चिन्ता व्यक्त गरे । “कसैलाई पनि तथ्य र प्रमाणबिना दोषी ठहर गर्ने प्रवृत्तिले गम्भीर असर पार्न सक्छ । मिडिया ट्रायलका कारण कुनै व्यक्ति आत्महत्या गर्न बाध्य हुने अवस्था आउनु हुँदैन,” उनले भने ।

गृहमन्त्री गुरुङले नेपाली महिलामाथि हुने हिंसा तथा अन्यायप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै आफूले जुनसुकै आरोप सहन सक्ने भए पनि नेपाली चेलीबेटीमाथि हुने अत्याचार सहन नसक्ने बताए ।

पदभार ग्रहणसँगै उनले २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गर्ने तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने निर्णय गरेका छन् ।

यस्तै, विभिन्न निकायमा अनुसन्धानका क्रममा रहेका महत्वपूर्ण फाइलहरूलाई निष्कर्षमा पुर्‍याउने, रोकिएका अनुसन्धानलाई तीव्रता दिने तथा आवश्यक परेका सबै फाइलहरूको पुनः अध्ययन गर्ने नीति लिइने उनले बताए ।

गृहमन्त्री गुरुङले गृह प्रशासनलाई अझ प्रभावकारी, जवाफदेही र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै कानुनी शासन र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ७ : १३ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै