२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा सुरु हुनेछ ।

आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ । छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम तय गरिएको छ ।

यस्तै, अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गरिनेछ ।

सरकारले ल्याएको बजेट, राजस्व नीति तथा आर्थिक कार्यक्रमबारे सांसदहरूबीच भइरहेको छलफललाई आजको बैठकले थप अगाडि बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ८ : १० बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ