१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रास्वपाका विपिन आचार्यको माग – शून्य समयलाई सरकारले सुन्दैन भने ब्ल्याक होल समय भनौं



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन आचार्यले संसदको शून्य समयमा उठाइने जनसरोकारका विषयहरू कार्यान्वयन नहुने अवस्थाप्रति असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले सांसदहरूले बारम्बार उठाउने जनताका समस्या र सरोकारहरू सरकारले सुनुवाइ नगर्ने हो भने यसको नाम नै परिवर्तन गरेर ब्ल्याक होल समय भन्नुपर्ने बताएका हुन् । उनले सशून्य समयको प्रभावकारितामाथि नै प्रश्न उठेको बताएका हुन्।

सभामुखलाई सम्बोधन गर्दै उनले शून्य समयको उद्देश्य र परिणामबीच ठूलो अन्तर देखिएको टिप्पणी गरे। “यदि यहाँ उठाइएका विषयहरू सुनिन्छन्, अभिलेख गरिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भन्न सकिन्छ,” उनले भने, “तर जनताका आवाज र सांसदका प्रश्नहरू बोलेपछि पनि शून्यमै हराउने हुन् भने यसको नाम ‘ब्ल्याक होल समय’ राख्नुपर्छ।”

वैज्ञानिक दृष्टान्त प्रस्तुत गर्दै आचार्यले ‘ब्ल्याक होल’ मा प्रकाशसमेत हराउने तथ्य स्मरण गराउँदै संसदमा जनताको आवाज, जनप्रतिनिधिको उत्तरदायित्व र सरकारको जिम्मेवारी पनि त्यसरी हराउन नहुने बताए।

आचार्यले शून्य समयलाई नागरिकका समस्या संसदसम्म पुग्ने महत्वपूर्ण संवैधानिक माध्यमका रूपमा व्याख्या गर्दै त्यसपछि समाधानतर्फ अघि बढ्ने प्रभावकारी संयन्त्र पनि आवश्यक रहेको बताए।

“सांसदले बोल्ने, सरकारले नसुन्ने, जनताले गुनासो गर्ने र राज्य संयन्त्रले बेवास्ता गर्ने प्रवृत्ति अब अन्त्य हुनुपर्छ,” उनले भने, “जनताको आवाज संसदमा पुगेर त्यत्तिकै हराउने अवस्था लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त होइन।”

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १२ : ४० बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार