९ भदौ २०८३, मंगलबार | August 26, 2026

अधिकमास समाप्त



काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रोमा चन्द्र वर्ष र सौर वर्षबीचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ ।

अधिक मासमा विवाह, व्रतबन्ध तथा गृहप्रवेशजस्ता शुभ कार्य नगरे पनि जप, तप, दान, पूजा–आराधना, धार्मिक ग्रन्थको अध्ययन तथा सत्कर्म गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम भेगमा अवस्थित मन्दिरमा लाखौँले पूजा आराधना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । महिनाभर त्यहाँ भगवान् नारायणको पूजा र पुरुषोत्तममास महात्म्य वाचन एवं श्रवण भएको थियो । विसं.२०८० साउनमा अधिकमास परेको थियो ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ०० बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त