१० भदौ २०८३, बुधबार | August 26, 2026

राहदानी छपाई अनियमितता प्रकरणमा थप दुई जना पक्राउ



काठमाडौं । राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा राहदानी छपाइसँग सम्बन्धित जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्।

उनीहरूमाथि राहदानी छपाइ तथा खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोपमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि दुवै जनाविरुद्ध अदालतबाट तीन दिनको म्याद थप गरिसकिएको अख्तियार स्रोतले जनाएको छ।

राहदानी खरिद प्रकरणमा अख्तियारले यसअघि पनि उच्च तहका अधिकारीहरूमाथि अनुसन्धान अघि बढाइसकेको छ। यस क्रममा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। उनीहरूविरुद्ध चार दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको थियो।

बहुचर्चित राहदानी छपाइ प्रकरणमा थप व्यक्तिहरूको संलग्नता र खरिद प्रक्रियाका विभिन्न पक्षबारे अख्तियारले अनुसन्धान तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : ५१ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’