४ असार २०८३, बिहिबार | June 18, 2026

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्मा विपक्षीको निरन्तर विरोध



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते संसद्मा दिएको अभिव्यक्तिको विरोधलाई निरन्तरता दिएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। सभामुख डोलप्रसाद ९डीपी० अर्यालले बैठकको कारबाही प्रारम्भ गरेलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए।

विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले भारतीय भूमि मिचेको आशय व्यक्त हुने गरी दिएको भनिएको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै त्यसलाई सच्याउन तथा प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग दोहोर्‍याएका छन्।

विरोधका बीच सभामुख अर्यालले नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङलाई बोल्ने समय दिएका थिए। केरुङले प्रधानमन्त्रीको विवादास्पद भनाइ संसद्को अभिलेख ९रेकर्ड० बाट हटाउन माग गरे।

त्यसैगरी नेकपासहितका विपक्षी दलका सांसदहरूले पनि प्रधानमन्त्रीले राष्ट्रियता र सार्वभौमिकतासँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा लगातार अवरोध र विरोध भइरहेका बेला विपक्षी दलहरूले आफ्नो माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने संकेत गरेका छन्।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ११ : ५५ बजे

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक

नेपालगन्जमा महिला तथा पुरुष फाईव एन्ड साईड हक्की प्रतियोगिता सुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखि प्रथम मेयर कप महिला तथा पुरुष

बढ्यो तराईमा तातो दिन, भैरहवाको तापक्रम ४१.५ डिग्री, नेपालगन्जमा ४०.४ डिग्री

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा