४ असार २०८३, बिहिबार | June 18, 2026

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे



चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले वढेको छ ।

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए ।

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जीप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् ।

निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावार र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ३ : ०७ बजे

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ

रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका

सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

काठमाडौं । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय