६ असार २०८३, शनिबार | June 20, 2026

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । यसैगरी रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो । गत जेठ २१ मा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको आवेदकहरूले अब मूल्याङ्कन समितिले दिएको समयमा अन्तर्वार्ता र प्रस्तुतिकरण दिनुपर्नेछ ।

परिषद्को अध्यक्ष पदेन शिक्षा तथा खेलकुदमन्त्री रहने व्यवस्था छ भने पदाधिकारी रिक्त भएपछि हाल अनोज भट्टराई निमित्त सदस्यसचिव तोकिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट जारी भएपछि अन्य निकायमा झैँ परिषद् पनि पदाधिकारीविहीन भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  २ : ५२ बजे

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको

भरतपुरमा रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक बसिरहेको

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त