काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको छ । ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएर नियन्त्रणमा लिएको हो ।
गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
प्रहरीको गोली प्रहारबाट पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको बताइएको छ ।
काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी पुलमुनि ओझैयासहितका कारोबारेलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको बताइएको छ ।
लागुऔषध कारोबारमा संलग्न कैलाली घर भएका २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ घर भएका १८ वर्षीय नीरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । मण्डलको साथबाट प्रहरीले ३०२ ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुवास बोहराले जानकारी दिए ।



















प्रतिक्रिया